मलेसियाका पूर्व प्रधानमन्त्रीबाट २९ अर्ब रुपैया बराबरको सम्पत्ति जफत

एजेन्सी : मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजकको घरबाट २९ अर्ब नेपाली रूपैया बराबरको सम्पत्ति जफत  गरिएको छ ।

भ्रष्टाचारको आरोप लागेका पूर्व प्रधानमन्त्रीको घरमा छापामारी त्यो सम्पत्ति बरामद गरिएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

छापामारी गरिएपछि बराबमद गरिएको सम्पत्तिको दस्तावेजीकरण गर्न र कानुनी प्रक्रिया पूरा गर्न ४१ दिन लागेको छ ।

१७ करोड रूपिया बराबरको एउटा नेकलेस रहेको अपराध छानबिन प्रमुख अमर सिंहले जनाए । यसका अतिरिक्त महँगा सामानहरूमा ह्यान्ड ब्याग, घडी, घामे चश्मा, र डिजाइनका सामानहरू रहेका छन् ।

उनको घरबाट बराबमद गरिएका विभिन्न सामानहरूको साथै  ४करोड अमेरिकी डलर नगद फेला पारिएको छ । घरबाट जफत गरिएका सामानलाई लान ६ ट्रकको उपयोग गरिएको थियो ।

प्रधानमन्त्रीका बेला उनलाई करिब सबा ३ लाख नेपाली तलब दिइन्थ्यो । पूर्व प्रधानमन्त्री नजिब र उनकी पत्नी रेशमा मंसूरसँग जाँच अधिकारीहरूले सोधपुछ गर्ने काम जारी राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?