चीनले बनायो  परेबा ड्रोन

एजेन्सी : चीनले चराको ९० प्रतिशत नकल गर्न सक्ने परेबा ड्रोन बनाएको छ ।

शत्रुहरूको गतिविधिमा निगरानी राख्न चीनले यस्तो ड्रोनको विकास गरेको हो । चीनले यस्तो ड्रोनको निगरानी आफ्ना नागरिकहरूलाई पनि गरिरहेको छ ।

हाल यो प्रविधिको प्रयोग पाँच प्रान्तमा भइरहेको छ ।चीनको सीमासँग जोडिएका पाकिस्तान, रुस र भारतको सीमावर्ती क्षेत्रलाई जोडने शिनजियांग प्रान्तमा यो ड्रोनको प्रयोग भइरहेको छ ।

परेबा जस्तो बनाइएको यो ड्रोन र परेवाबीचको फरक छुट्टयाउन गाह्रो छ । यो ३० किलोमिटर प्रतिघन्टाको दरले आकाशमा चरा जस्तै उडने गर्छ ।

आकार सानो भएकाले यो रडारमा पनि देखा पर्दैन् । यसको वजन २०० ग्राम छ । यसमा फ्लाइट कन्ट्रोल सिस्टम , जीपीएस, आधुनिक क्यामरा र स्याटेलाइट डेटा लिंक जडान गरिएको छ ।

चीनको नर्थवेस्ट पलिटेक्निकल युनिभर्सिटीका प्रोफेसर यांग वेकिंगले हाल यस्ता ड्रोन थोरै निर्माण गरिएको छ । आगामी दिनमा यसको संख्या विस्तार हुने उनले जनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?