दक्षिण चीन सागरमा चीनले एक इन्च भूमि पनि दिनेछैन

एजेन्सी  : चीन  भ्रमणमा पुगेका अमेरिकी प्रतिरक्षा मन्त्री जेम्स म्याटिसलाई दक्षिण चीन सागरमा चीनले कसैलाई एक इन्च भूमि नदिने स्पस्ट पारेको छ ।

दक्षिण चीन सागर क्षेत्रमा सीमा विवाद चर्किरहेको र यसलाई समाधान गर्ने उद्देश्यले चीन पुगेका अमेरिकी प्रतिरक्षा मन्त्रीलाई  राष्ट्रपति सी जिनपिनले भने “ शान्तिप्रति हामी प्रतिबद्ध छौं तर एक इन्च जमिन पनि हामी त्याग गर्नेछौनौं ।”

अमेरिका र चीनबीच व्यापार तनाव बढदै गएको छ ।

चीनले दक्षिण चीन सागरमा आफ्नो  दाबीलाई कुनै हालतमा न छाडने चेतावनी दिँदै आएको छ ।

सन् २०१४यता चीनको भ्रमण गर्ने पहिला अमेरिकी प्रतिरक्षा मन्त्री हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?