काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।
आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारबाही गर्न निवेदकको माग छ ।
पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।
आजै साइबर ब्युरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पीडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोस्ट नगर्न चेतावनी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया