भारत । मुम्बईमा भएको किङग एयरको विमान दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।
मुम्बईको सर्वदय अस्पतालका लागि चार्टर गरेको बिमान घाटकोपरस्थित पुननिर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो । किङग सि—९० को बिमानमा सवार दुई जना पाइलट र दुई बिमान इन्जिनियरको घटनास्थलमा नै निधन भएका थिए ।
मृत्यु हुनेमा क्याप्टेन पि.एस राजपुत, को–पाइलेट मारिया जुरेली, एनि सुरवि र एयर इन्जिनियर मनिष पाण्डे रहेका छन् ।
मृतक चारै जनाको सवलाई पोस्टमार्टनको लागि राजावती अस्पतालमा लगिएको बताइएको छ ।
अर्का एक पैदलयात्रीको विमानले थिचिदा मृत्यु भएको थियो । भारतको आर्थिक राजधानी मानिने र घना वस्ती रहेकोले उक्त मुम्बईमा जहाज खसेपछि ठुलो आतङक मच्चिएको बताइएको छ । प्रहरी र कैयौ अग्निनियन्त्रकले आगो निभाउँने प्रयास गरिरहेको बताइएको छ ।
अहिलेसम्म विमान दुर्घटनाको कारण खुलेको छैन् । र यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया