काठमाडौं। मेक्सिकोलाई जारी फिफा विश्वकपको नकआउट चरणमा पुर्याएको भन्दै मेक्सिकन खेल समर्थकहरुले दक्षिण कोरियालाई विशेष धन्यवाद दिदैँ र्याली निकालेका छन् ।
बुधबारराति सम्पन्न समूह ‘एफ’ को खेलमा दक्षिण कोरियाले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई २—० ले हराउँदा त्यसको सिधै फाइदा मेक्सिकोलाई भएको थियो ।
६ अंक बनाएको स्वीडेन विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो । मेक्सिकोले २ खेलमा जित र १ मा हार बेहोरे पनि ६ अंक बनाएको थियो । । मेक्सिको समुह उपविजेता बन्दै प्रि—क्वार्टरफाइनलमा प्रवेश गराएको भन्दै मेक्सिकन समर्थकले दक्षिण कोरियाको झण्डा फहराउँदै खुशीयाली साटासाट गरेका थिए ।
अहिले सबै आम नागरिकको घरमा दक्षिण कोरियाको झण्डा राख्दै कोरियालाई भगवानको दर्जा समेत दिए । साथै सयौं नागरिकहरु धन्यवादको प्लेकार्ड बोक्दै मेक्सिकोस्थित कोरियन राजदूताबास अगाडी पुगेर हर्ष उल्लास गरेका छन् । बाटोमा कोही करियन नागरिक देखे बोकेर माथी उचाल्दै खुशीयाली मनाएका छन् ।
मेक्सीकोको झण्डाको बीचमा कोरियाको झण्डा र खेलाडीको तस्वीर राखेर खुशीयाली बाड्दै धन्यवाद दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया