महानिरीक्षक सर्वेन्द्र खनालको खुलासा : अपराधि विरुद्ध कानुनी कठोरता अपनाउने रणनीति छ

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनलाई मुलुककै उत्कृष्ठ संघीय सुरक्षा संगठनको रुपमा विकास गर्न आफू लागि परेका बताएका छन् । 

महानिरीक्षक नियुक्त भएको करीब दुई महिना १६ दिनपछि सञ्चारकर्मी माझ सार्वजनिक भएका खनालले चैत २८ गतेदेखि असार १३ गतेसम्मको अवधिमा भए गरेका कामकारवाहीको विवरण फेरिस्त पारे । 

उनले वर्षौदेखि रोकिएको प्राविधिक प्रहरी अधिकृत तथा सई र असईहरुको वृत्ति विकास कार्यक्रम शुचारु गरि उच्च मनोवलका साथ काम गर्न प्रेरणा तथा उर्जा थप्ने कार्य गरिएको बताए । 

नेपाल प्रहरीको काँधमा तीन किसिमको जिम्मेवारी रहेको प्रष्ट पार्दै उनले प्रथम जिम्मेवारी शान्तिसुरक्षा र अपराध अनुसन्धान, दोस्रो संघीय रुपान्तरण र अपराध सहिताको कार्यावन्वयन र लागूऔषध र मानव बेचविखन विरुद्धको अभियान रहेको बताए । 

यी जिम्मेवारी बहन गर्ने क्रममा नक्कली नोटको कारोवारमा संलग्न अभियुक्त पक्राउ गर्नुका साथै, बालयौन दुराचारमा संलग्न विदेशी नागरिकको पक्राउ, इन्टरपोलको सूचीमा रहेका अभियुक्तहरुको पक्राउ आदी रहेको उनले प्रष्ट पारे । 

त्यस्तै, उनले अपराधि विरुद्ध कानुनी कठोरता अपनाउने रणनीति लिएको खुलासा गरे । यो कानुन बमोजिम नै कारवाही गर्ने अभियान हो उनले थपे–लागूऔषध, अबैध हातहतियार, मानव बेचविखन विरुद्ध कडा कारवाही हुन्छ । 

नेपाल प्रहरीका डिएस्पी र एस्पीहरुको सरुवा नितान्त न्याय संगत भएको छ भन्दै उनले गुनासो गर्ने कोही छन् भने त्यस्ता ब्यक्तिको नाम नै सार्वजनिक गरि दिन सञ्चारकर्मीलाई आग्रह गरे ।  

सरुवा–बढुवा सबै प्रक्रियामा मेरो मात्र अधिकार चल्छ भन्ने होइन उनले भने प्रहरी संगठन गृह मन्त्रालय मातहतमा छ, गृह मन्त्रालय भन्दा माथि पनि अन्य निकाय छन् उनले भने सरुवा बढुवा ठूलो कुरो होइन कामको मूल्याङ्कन हुनुपर्छ । 

युएन मिसनमा प्रहरीको सहभागिता बढाउन तथा दरवन्दी थप गर्ने विषयमा चरणबद्ध निर्णय भइसकेको तथ्य सार्वजनिक गर्दै खनालले हाल छानविनको प्रक्रियामा रहेको ३३ किलो सुन काण्डका विषयमा छानविन समितिले अनुसन्धान गरिरहेकाले बोल्न जरुरी नभएको बताए । 

मैले संगठनको नेतृत्व सम्हाल्नु अगाडि नै छानविन समिति बनेर अनुसन्धान शुरु भइरहेको थियो यसमा मैले को राम्रो ? को नराम्रो ? भन्न जरुरी छैन उनले भने अनुसन्धानमा सहयोग गर्ने हो अवरोध होइन । 

आफू नितान्त देश, जनता र प्रहरी संगठनको सेवामा क्रियाशील रहेको छु भन्दै प्रहरी महानिरीक्षक खनालले यसमा सञ्चारकर्मीको सहयोग अनिवार्य भएको बताए । 

उनले संघीय प्रहरी ऐन र प्रदेश प्रहरी ऐन निर्माणको चरणमा रहेकाले एआइजीको संख्या घटाएको सम्वन्धमा छलफल जारी रहेको बताए । त्यस्तैं जवानदेखि एसएस्पीसम्म करीव तीनहजार दरवन्दी नयाँ थपिएको जानकारी पनि त्यस अवसरमा दिएको थियो । 

प्रहरी महानिरीक्षक खनालले गरेका काम कारवाहीहरुः 

– बेरुजु फर्छौट ८१–८२ प्रतिशत 
– दुईहजार पाँचसय ३९ जनाको जनशक्ति नयाँ भर्ना 
– दुईहजार पाँसय १९ जनाको बढुवा
– नौ हजार सातसय ४३ जनाको सरुवा तथा पदस्थापना
– युएनमा महिलाहरुको सहभागिता बढाउने निर्णय
– युएनमा प्रहरीको सहभागिता संख्या बढाउने 
– यातायातक्षेत्रमा सिण्डिकेट लाद्ने एकसय ७७ जना पक्राउ
– सात वटै प्रदेशमा प्रदेशस्तरिय सुरक्षा बैठक सम्पन्न
– लागूऔषध कारोवारा तथा ओसारपसारमा संलग्न ६३५ जनालाई कारवाही 
– बैध र अबैध गरी ३४३ हातहतियार बरामद 
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?