काठमाडौं। बेल्जियम समूह ‘जी’ को विजेता बन्दै जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । यता इंग्ल्याण्ड उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।
यसअघि नै नकआउट चरणमा पुगिसकेको इंग्ल्याण्डले समूहको अन्तिम खेलमा बेल्जियमलाई १—० गोल अन्तरले पराजित गरेको हो ।
किलिनिंगार्ड स्टेडियममा भएको खेलको पहिलो हाफसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गरेको बेल्जियले गोल गदै अग्रता लियो । त्यही अग्रतालाई जोगाउँदै बेल्जियमले जित हात पारेको हो ।
खेलको ५१औं मिनेटमा बेल्जियमका लागि अडनान जानुजाजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
इंग्ल्याण्ड र बेल्जियन दुवैले टिममा ब्यापक फेरबदल गरेका थिए । यसअघिका दुई म्याच खेलेका भन्दा बेल्जियमले ९ तथा इंग्ल्याण्डले ८ खेलाडी परिवर्तन गरेको थियो ।
दोस्रो रोजाइको टिम मैदानमा उत्रँदा खेल अपेक्षाकृत प्रतिस्पर्धात्मक बन्न सकेन । जितपछि बेल्जियमले ९ अंक बनाएको छ भने इंग्ल्याण्डको ६ अंक छ । अब समूह विजेता बनेको बेल्जियमले क्वार्टरफाइनल प्रवेशको लागि समूह ‘एच’ को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै उपविजेता इंग्ल्याण्डले ‘एच’ को विजेता कोलम्बियासँग भिड्नेछ । यता ट्युनिसिया र पानामा भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
त्यस्तै, बिहीबारराति नै भएको अर्को खेलमा ट्युनिसियाले पानामालाई २—१ गोलले हराएको छ । जारी विश्वपमा ट्युनिसियाको यो सान्त्वना जित हो । दुवै टोली विश्वकपबाट बाहिरिइसकेको छ ।
मोर्डोभिया स्टेडियममा भएको खेलको ३३ औ मिनेटमा ट्युनिसियाका यासिन मेरिहाको आत्मघाती गोल गरेपछि पानामाले अग्रता लिएको थियो ।
पहिलो हाफमा एक गोलले पछि परेको ट्युनिसियाले दोस्रो हाफमा २ गोल गरेको थियो । ५१औं मिनेटमा बेन युसुफले गोल गदैं खेललाई १—१ गोलको बराबरीमा लयाएका थिए ।
६६ औं मिनेटमा वाहवी खाज्रीले विजयी गोल गरे । यता दुई खेलमा हार बेहोरिसकेको ट्युनिसियाले ३ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया