अमेरिकी अखबारको कार्यालयमा हमला हुँदा ५को मृत्यु

एजेन्सी : अमेरिकाको मेरील्यान्ड प्रान्तस्थित एक स्थानीय अखबारको कार्यालयमा आक्रमण भएको छ ।

आक्रमणमा चलेका गोली लागी कम्तीमा ५ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

प्रहरीले जनाए अनुसार एक शंकास्पद व्यक्तिलाई हिरासतमा लिइएको छ ।

क्यापिटल गजट नामको त्यो अखबारको कार्यालयमा हमला हुँदा केही मानिसहरू उपस्थित थिए ।

एक संवाददाता अनुसार बन्दुकधारीले सीसाको ढोकालाई निशाना बनाएर आक्रमण गरेका थिए ।

पक्राउ परेका संदिग्ध व्यक्तिसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

बाल्टिमोर सन मिडिया समूहसँग आबद्ध यो दैनिक अखबारको एक डिजिटल वेबसाइट पनि छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?