दलित राष्ट्रपतिसँग जगन्नाथ मन्दिरमा दुर्व्यवहार

एजेन्सी : धर्मको सत्तासँग साँठगाँठ बलियो हुँदा कानुन विवश हुने गरेको पछिल्लो उदाहरण भारतमा देखिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्द र उनकी पत्नीसँग प्रसिद्ध धार्मिक स्थल पुरीको प्रसिद्ध जगन्नाथ मन्दिरमा सेवारत पन्डाहरूले गरेको दुर्व्यवहारको विषयमा कुनै किसिमको कारबाही नभएको

घटना सार्वजनिक भएको हो । 

१८ मार्चका दिन राष्ट्रपति कोविन्द पत्नीसँग जगन्नाथको दर्शन गर्न पुगेका थिए ।

त्यस बखत त्यहाँ सेवारत पन्डाहरूले उनीहरूसँग गरेका दुव्र्यवहारबारे त्यतिखेर लुकाइयो ।

तर यो प्रकरणबारे मन्दिरको प्रवन्धन कमिटीको बैठकको माइन्युटबाट यो कुरा जानकारीमा आएको हो ।

मिडियालाई प्राप्त भएको माइन्युटमा उल्लेख छ “महामहिम राष्ट्रपति जब रत्नसिंहांसन(जसमा प्रभु जगन्नाथ विराजमान हुन्छन् )मा शिर टेक्न गए त्यहाँ उपस्थित खुटिया मेकाप सेवकहरूले

उनीहरूका लागि बाटो छोडेका थिएनन् ।

केही सेवकहरूले महामहिमको शरीरसँग टाँसिरहे त्यतिमात्रै होइन महामहिमकी पत्नीका बाटोमा अवरोध गरेका थिए ।

यसबारे राष्ट्रपति कार्यालयले असन्तोष व्यक्त गरेको थियो ।”

राष्ट्रपति पुरी छाडन अघि यसबारे जिल्ला प्रमुख अरविन्द अग्रवालसमक्ष असन्तोष व्यक्त गरेका थिए ।

राष्ट्रपति फर्किए लगत्तै एक सेवारत दामोदार महासुआरले मिडियाका आगाडि राष्ट्रपतिको तर्फबाट दक्षिणा एक रूपैया पनि प्राप्त नभएको शिकायत गरे ।

यस विषयमा प्रवन्धन समितिको बैठकको विवरणमा उल्लेख गरिएको छ “ जिल्ला प्रमुखले कौलिक पान्डेको खातामा महामहिम राष्ट्रपति दस्तखत नगर्ने भने ।

यसबारे राष्ट्रपति भवनबाट उनलाई अन्तिम समयमा अवगत गराइएको थियो ।कौलिक पान्डेलाई यसबारे तत्काल सूचित गराइएको थियो ।

तर महामहिम राष्ट्रपति फर्किए लगत्तै जसरी एक सेवारतले मिडियामा जसरी बयान दिए त्यसबारे राष्ट्रपति भनवले असन्तोष व्यक्त गरेको छ ।”

दलित राष्ट्रपति र उनकी पत्नीसँग दुर्व्यवहार गर्नु आफैमा आश्चर्यजनक भएपनि त्यो भन्दा बढी राष्ट्रपतिद्वारा असन्तोष व्यक्त भएपनि दोषीहरू उपर संवेदनशील घटनाको तीन महिना पछि पनि कुनै

किसिमको कारबाही नहुनु देखिएको छ ।

मन्दिर प्रशासनले यो तीन महिना यो प्रकरणलाई लुकाउने काम मात्र गरेको देखिएको छ ।

यसबारे जिल्ला प्रशासन र मन्दिर प्रशासन कुनै किसिमको प्रतिक्रिया दिन मानेका छ्रैनन् ।

१४ जुलाईमा जगन्नाथ रथ यात्रा हुने भएकाले सेवारत पन्डाहरूमाथि कारबाही गरी रथायात्रामा बाधा उत्पन्न नगराउने मनसायले सरकारले कुनै कारबाही अगाडि नबढाएको हो जस्तो पनि देखिएको छ ।


उता दैतापति नियोगका संयुक्त सचिव विनायक दासमहापात्रले यो घटनामा जिल्ला र मन्दिर प्रशासनलाई पूर्णरूपमा जिम्मेवार ठहर गरेका छन् ।

उनले भने “ कुनै सेवारतले राष्ट्रपतिसँग दुर्व्यवहार गरे भने तत्काल कारबाही किन गरिएन् ?

कम्तीमा मन्दिर प्रवन्धन कमिटिको बैठक पछि पनि कारबाही किन गरिएन ?

तीन महिना देखि मन्दिर प्रशासन के गरिरहेको छ ?”

जगन्नाथ संस्कृतिका जानकारहरूले सेवारतहरूद्वारा दक्षिण लिने प्रथा नै यसको जिम्मेवार रहेको बताउँछन् ।

उनीहरूका अनुसार जबसम्म दान दक्षिण जस्ता गुप्त आयको व्यवस्थ जारी रहन्छ तबसम्म यस्तो घटना भइरहन्छ ।

सेवारतलाई उचित दक्षिण दिइयोस तर जुन रकम जगन्नथाका लागि दिइन्छ त्यो उनकै रहोस, उनीरूले बताए ।

रत्नभण्डारको साँचो हराएको मामिलाले यसअघि नै मन्दिर प्रशासन र त्यहाँको नवीन पटनायक नेतृत्वको सरकार दुबै धर्मसंकटमा छँदै थिए ।

राष्ट्रपतिको दुर्व्यवहारले उनीहरूको समस्यामा थप चर्काइ दिएको छ ।
(बीबीसी  िहन्दीकाे सहयाेगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?