एजेन्सी : चीनले फिल्मस्टारहरूको पारिश्रमिक सीमा तोक्ने भएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार कर छली र धन पुजामा लगाम लगाउन फिल्मस्टारको पारिश्रमिक तोक्ने काम हुने भएको छ ।
फिल्म र टेलिभिजन कार्यक्रमका चिनियाँ कलाकारहरूले कुल उत्पादन लागतको ४० प्रतिशतसम्म पाउने भएका छन् ।
यसैगरी मुख्य भूमिकामा रहेका अभिनेताहरूलाई कुल कास्ट भुक्तानीको ७० प्रतिशत भन्दा बढी हुन नसक्ने सरकारले जनाएको छ ।
पिल्म उद्योगमा कर छली सेलिब्रेटिको भुक्तानीमार्फत हुने गरेको आलोचना सार्वजनिक भएपछि सरकारले चिनियाँ कलाकारहरूको पारिश्रमिकलाई सीमा तोक्ने पहल सरकारले अगाडि बढाएको हो ।
गत मे महिनामा टेलिभिजन प्रस्तोता कुइ यांगयुयानले चीनकी सर्वाधिक लोकप्रिय अभिनेत्री फान बिंगबिंगले १६ लाख अमेरिकी डलर बराबरको एक सम्झौतामा हस्ताक्षर गरेको एक पोस्ट गरेका थिए ।
उनलाई सामाजिक सञ्जालमा फलो गर्नेहरूले धेरै सेलिब्रिटीले दुईटा सम्झौत गर्दा रहेछन् ।
यसलाई यिन यांग सम्झौत भनिन्छ ।
सेलिब्रेटीहरूले कम मूल्यमा काम गर्ने र धेरै मूल्यको सम्झौतामा हस्ताक्षर गर्ने गरेको र यसबाट कर छली गर्न सहयोग पुगेको विषय उनलाई फलो गर्नेहरूले टिप्प्णी गरेका थिए ।
सोसल मिडिया प्रयोगकर्ताहरूले फान बिंगबिंगलाई नै इंगित गरेर यस्ता टिप्प्णी गरेका थिए ।
तर फानका स्टूडियोले यो गलत कार्यलाई अस्वीकार गरेको र कुईका विरूद्ध कानुनी लडाइ लडने जनाएको थियो ।
जुनको शुरूमा चीनका कर अधिकारीहरूले यसबारे छानबिन अगाडि बढायो ।
हलिउड र बलिउड जस्ता अन्य देशका फिल्म उद्योगमा सरकारले अभिनेताहरूलाई कति भुक्तानी दिनुपर्ने विषयमा हस्तक्षेप गरेको पाइँदैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया