भारतीयहरूको धन स्विस बैंकमा ५० प्रतिशतले बृद्धि

एजेन्सी :भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्विटजरल्यान्डको बैंकमा जम्मा गरिएका कालाधनलाई फिर्ता ल्याउने नारा दिएर सरकार बनाएपनि भारतीयहरूले स्विस बैंकमा जम्मा गर्ने रकम ५०.२ प्रतिशतले बृद्धि भएको छ ।

सन् २०१७ को अन्त्यसम्म ७ हजार करोड भारु जम्मा भएको थियो ।

मोदी सरकार अन्तिम वर्षमा आइपुग्दा यो रकम ५० प्रतिशतले बढेको छ । १३ वर्षमा यो सबैभन्दा तीव्रगतिको बृद्धि हो ।

स्विटजरल्यान्डको केन्द्रीय बैंक एसएनबीले जारी गरेको प्रतिवेदनमा यो उल्लेख छ ।

मोदी सरकारमा सत्ता सम्हालेदेखि स्विटजरल्यान्डमा भारतीयहरूले जम्मा गर्ने रकमको दर घटदै गइरहेको थियो ।

जाने बेलामा चौथो वर्ष ह्वातै यो प्रतिशत बढेको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?