न्यायाधीश विरूद्ध बोल्दा पाकिस्तानमा चुनाव लडन नपाइने

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले  पूर्व प्रधानमन्त्री नवाज सरिफ निकट मानिएका एक पूर्व मन्त्रीलाई आगामी चुनावमा भाग लिन रोक लगाएको छ ।

दान्याल अजिजलाई न्यायाधीश विरूद्ध बोलेकोमा दोषी ठहार गर्दै  सर्वोच्चले उनलाई संसदस्य चुनाव लडनबाट रोकेको हो ।

अदालतले गतवर्ष सरिफलाई प्रधानमन्त्री हुन अयोग्य भएको ठहर गर्दा अजिजले दिएको अभिव्यक्तिका आधारमा चुनावमा लडन नदिइएको हो । 

बिहीबारको फैसलाले अजीजलाई २५ जुलाईमा हुने संसदीय निर्वाचनमा भाग लिन नपाउने निर्णय ग-यो ।

चुनावमा सजिलै जित्ने अपेक्षा गरिएकोमा उनलाई रोक लगाइएपछि पाकिस्तान मुस्लिम लिगलाई धक्का लाग्ने भएको छ ।

बुधबार पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि सम्पत्ति लुकाएकोमा चुनाव लडनबाट रोकिएको अदालतले फैसला गरेको थियो ।

सरिफ प्रधानमन्त्रीमा अयोग्य भएपछि अब्बासीलाई प्रधानमन्त्री बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?