एजेन्सी : प्रविधिको तीव्र विकासले दुनियाँलाई नगदविहीन (क्यासलेस) बनाइरहेको छ । दुनियाँ क्यासलेस भइरहँदा वस्तु र जन्तुको चोरी बढदै गएको देखिएको छ ।
त्यसमा पनि दुर्लभ जीवजन्तुको चोरीमा तीव्रता पाइएको छ ।
क्यासलेस समाजमा प्रविधिको प्रयोग गर्ने चोर ह्याकरहरूको गतिविधि पनि तीव्र भइरहेको छ ।
तर यस्ता चोरीमा दक्ष नभएका चोरहरूले दुर्लभ जन्तुको चोरीमा सक्रिय भएको हुन सक्ने अुनमान गरिएको छ ।
विश्वभर कारोबार क्यासलेस विधिबाट हुने गरेको छ ।
सरकारहरूले यो विधिलाई प्रोत्साहन गरिरहेको छ ।
यो दशकको अन्त्यसम्म विश्वमा क्यासलेसको कारोबार ७खर्ब २६ अर्बसम्म पुग्ने अनुमान गरिएको छ ।२०१५देखि वर्सेनी १०.९ प्रतिशतको दरले क्यासलेस कारोबारमा बृद्धि भइरहेको छ ।
नेपालमा पनि कतिपय कारोबार क्यासलेसमा भइरहेका छन् । भारतलगायतका देशहरूले क्यासलेस गर्न प्रात्साहन गरिरहेका छन् ।
बेलायतमा २०१६को तुलनामा २०१७मा नगद कारोबार १५ प्रतिशतबाट घटेर १३.१ प्रतिशतमा झरेको छ भने कार्ड भुक्तानी बढेको छ ।
जापानमा नगद कारोबार ८.५ प्रतिशतले घटेको छ भने चीनमा मोबाइल भुक्तानी २०१६को एक त्रैमासिकमा २० प्रतिशत बढेको पाइयो ।
क्यासलेसले गर्दा अपराधीहरूमा समस्या परेको देखिएको छ ।
क्यासलेसको चलन बढेसँगै कारोबारीहरूमा नगद राख्चे चलन पनि हराएको छ ।
नगदको यो कमी अपराधीहरूका लागि ठूलो समस्या बन्न पुगेको छ ।
नगद हुँदा खर्च गर्न सहुलियत हुने गरेको छ । त्यसैले उनीहरूले कमाइका नयाँ तरिका अपनाउन थालेका हुन् ।
क्यासलेसले गर्दा सन् १९९०को दशकमा औसत १०० डकैती हुने गर्दथ्यो ।
चार वर्ष अघि यो घटेर ३० प्रतिशतमा झ-यो । २०१७मा यो ११मा झरेर आएको देखिएको छ ।
कानुन व्यवस्था कायम गराउने स्विडनका अधिकारीहरू अनुसार दुर्लभ प्रजातिका लाटोकसेरोको आन्डालगायतको चोरी बढेको छ ।
यस्ता वस्तुहरूलाई कालो बजारमा बेचिन्छ ।
फेरि त्यसलाई साउदी, कतार र संयुक्त अरब इमिरेट्समा पु-याउने गरिन्छ ।
यी देशहरूमा दुर्लभ प्रजातिका परेवाहरू पाल्न सामाजिक शान प्रर्दशनको संकेत मानिन्छ ।
खैरो लाटोकसेरो कालो बजारमा १ लाख १२ हजार अमेरिकी डलरसम्म बिक्री हुने गरेको अधिकारीहरू बताउँछन् ।
बेलायतमा ४० प्रतिशत कारोबार मात्र क्यासमा हुने गरेको छ । यहाँ संरक्षित प्रजातिका परेवा चोर्ने अपराधमा बृद्धि भएको छ ।
यसैगरी पोथी बाजको मूल्य ४ हजार पाउन्डसम्म पुग्छ । साइबेरियामा पाइने बाजको मूल्य कालो बजारमा ७५ हजार अमेरिकी डलरसम्म छ ।
बामी माछाको एक प्रजाति ग्लास ईल दुर्लभ प्राजतिमा परेको छ ।
यसको माग व्यापक भइरहेको छ । एक टन इलको मूल्य ८ लाख पाउन्ड वा १० लाख युरोसम्म पाउन सकिन्छ ।
इलको निर्यात युरोपबाट चीनमा भइरहेको छ ।
इलको तस्करी गर्ने एक समूहबारे बेलायती प्रहरीको एक अनुसन्धानबाट सो समूहले ५ वर्षमा २५ करोड पाउन्डको कमाइ इलबाट गरेको पाइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया