राष्ट्रपतिको चाहना थोरै गर काम धेरै जन्माउ बच्चा

एजेन्सी : दक्षिण कोरियाली राष्ट्रपतिको चाहना कोरियालीहरूले थोरै काम गरून र धेरै बच्चा जन्माउन भन्ने रहेको छ ।

दक्षिण कोरियालीहरू यो समाजिक प्रयोगको हिस्सा बन्ने भएका छन् ।

दक्षिण कोरियाली सरकारले सातामा काम गर्ने समयलाई घटाउन चाहेको छ ।

काम गर्ने समय घटाइए उनीहरूसँग धेरै समय हुन्छ । उनीहरूसँग धेरै समय भए उनीहरूलाई राम्रो स्वास्थ्य, कम तनाव र विश्वकै सबैभन्दा कम जन्म दरलाई बृद्धि गर्ने अवसर प्राप्त हुनेछ ।

यसको विरोध गर्ने समुदायमा कार्यालयका कामदार पहिले हुनेछ ।  हाल साताको ६८ घन्टा काम गर्ने समय घटाएर ५२ घन्टामा गर्ने विषयमा उनीहरूको सोचाइ हुनेछ ।

काम गर्ने समय त कागजको टुक्रा हो वास्तविकता कोरियालीहरू काम काम र काम मात्रै गर्ने यथार्थ भएको एक अधिकारीले जनाए । क

म्पनीहरूलाई काम काम गर्ने बजारमा प्रतिस्पर्धा कसरी गर्ने समस्या हुन सक्छ ।

गत साता दक्षिण  कोरियाली सरकारले ६ महिनाका लागि एक कानुनको परीक्षण गर्ने भएको छ । यो कानुन कम्तीमा ३०० कामदार भएका कम्पनीका लागि हुनेछ ।

 दक्षिण कोरियाली सरकारले प्रतिघन्टा न्यूनतम ज्यालामा करिब १६ प्रतिशतले बृद्धि गरि सकेको छ ।

सरकारले साना व्यवसायको लागत मूल्य घटाउने उपाय अपनाएको छ ।

गरिब देशबाट साठी वर्षमा औद्योगिक शक्तिको रूपमा विकास गरेको दक्षिण कोरिायले  काम गर्ने संस्कृतिलाई फेर्ने चरणमा पुगरिहेको छ ।

दक्षिण कोरिया मात्रै लामो समय काम गर्ने देश होइन ।

मेक्सिको र कोस्टारिका पनि रहेका छन् ।

विकसित देशहरूमा वर्सेनी लामो समय काम गर्ने देशहरूको रूपमा यीनीहरू रहेको आर्थिक सहयोग तथा विकास संगगठन ओइसीडीले जनाएको छ ।

ओइसीडले धेरै पार्ट टाइम गर्ने कामदारहरू भएका देशहरूको अध्ययन गरेको छ ।

यसमा सबैभन्दा बढी ल्याटिन अमेरिकामा धेरै रहेका छन् ।

आइसीडीले तयार पारेको औसत साता कामका आधारमा अमेरिका हलुका माथि जापान हलुका तल रहेको छ ।

वर्सेनी न्यूनतम घन्टा कम गर्ने देशको रूपमा जर्मनी रहेको छ ।
दक्षिण कोरियामा जन्मदर प्रतिमहिला १.२ शिशु रहेको छ । यो सबैभन्दा कम जन्मदर मध्येको एक हो ।

यसमा इटली र स्पेन रहेका छन् । अमेरिकाको यो दर १.८ रहेको छ ।
। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?