अबदेखि दैनिक १० केजीसम्म मात्र सुन आयात गर्न सकिने

लोकपथ
609
Shares

काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा दबाव पर्दैै गएपछि आयातमा कडाइ गर्न थालेको नेपाल राष्ट्र बैंकले सुनको आयातमा पनि कडाइ गरेको छ ।

आइतबार वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र अन्य निकायहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले सुनको दैनिक आयातमा पनि कडाइ गरेको हो ।

‘विदेशी विनिमय नियमित गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दे विदेशी विनिमय ( नियमित गर्ने) २०१९ को दफा १२ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा केही कटौती गरिएको हो’, राष्ट्र बैंकले भनेको छ ।

परिपत्रअनुसार अबदेखि आयात गर्न सकिने सुनको दैनिक परिमाण हालको लागि १० तोकिएको छ । यसअघि सुनको दैनिक आयात कोटा २० केजी तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?