माल्दिभ्समा हुन लागेको निर्वाचनमा पूर्व राष्ट्रपति किन नहुने भए सहभागी ?

कोलम्बो-  माल्दिभ्सका पुर्वराष्ट्रपति मोहमद नसिदले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गर्नु भएको छ ।

प्रमुख प्रतिश्पर्धी मानिएका अब्दुल्लाह यमिनलाई जेलमा राखेर आउदो सेप्टेम्बरमा गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उहाँले शुक्रबार बताउनु भएको हो ।

निर्वाचन आयोगले उहाँलाई निर्वाचनमा भाग लिन अयोग्य भएको जानकारी दिएपछि उहाँले निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको बताइएको छ ।

“राष्ट्रपतीय निर्वाचनमा मैले भाग नलिने निर्णय गरेको छु,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
आतङ्कवादीलाई सहयोग गरेकाले नसीदले निर्वाचनमा भाग लिन अयोग्य रहेको निर्वाचन आयोगले बताएको समाचारमा जनाइएको छ ।

उहाँको पार्टी माल्दिभियन डेमोक्रयाटिक पार्टी ९एमडीपी०ले भने निर्वाचनमा भाग लिने भएको छ । नेता नसीदले आफ्नो सट्टामा पार्टीले अर्को नेतालाई उम्मेदवार बनाउने पनि जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?