संसारमा यस्ता पनि देश छन्, जहाँ अचम्म लाग्ने खालका विभिन्न दृश्य हुन्छन् । त्यस्तै अनौठोमध्ये एउटा यस्तो ठाउँ छ, जसलाई स्वर्ग जाने सिँढी पनि भन्ने गरिन्छ ।
चीनमा ग्रेट वाल अफ चाइनाजस्तै अर्को एउटा जादुमयी ठाउँ छ, जहाँ पर्यटकहरु ठूलो मात्रामा घुम्न जाने गर्छन् । यो चर्चित टुरिस्ट स्पटमा वर्षभरी नै मान्छे घुम्न पुगेका हुन्छन् ।
चीनमा भएको तियानमेन माउन्टेनलाई स्वर्गको ढोका पनि भन्ने गरिन्छ । खासमा यो पहाडमा भएको गुफालाई संसारकै उच्च स्थानमा भएको गुफा मानिन्छ ।
त्यसैले पनि यो गुफालाई स्वर्गको गुफा भन्ने गरिन्छ ।
सुन्दर पहाड हुँदै जाने यो गुफा झण्डै ५ हजार फिटको उचाईमा छ । तीव्र हावाका कारण यो पहाडमा गुफा बनेको थियो । यसको लम्बाई १ सय ९६ फिट र उचाई ४ सय ३१ फिट छ । धेरै अग्लो स्थानमा भएका कारण गुफा पूर्ण रुपमा बादलले घेरिएको छ ।
यहाँ जान पहाडको बाटोका अलावा केबल पनि प्रयोग गर्न सकिन्छ । जुन गुफा पुग्न केबलको प्रयोग गरिएको छ, त्यो केबललाई संसारकै सुन्दर केबल भनेर गिनिज बुकमा रेकर्ड गरिएको छ ।
रमाइलो कुरा त यहाँबाट चीनका शहर पनि देख्न सकिन्छ । यहाँ पुग्नका लागि केबलबाट उत्रिएर ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ । त्यहाँबाट प्राकृतिक रुपमा रमाइला दृश्य देख्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया