काठमाडाैं । अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले एक जना युट्युबरलाई पक्राउ गरेको छ । ‘स्लेब नेपाल’ युट्युब च्यानलका सञ्चालक राहुल थापालाई प्रहरीले आज पक्राउ गरेको हो ।
भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
उनको उजुरपछि ब्युरोले प्रेस काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण मागेको थियो ।
बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युब च्यानलले विभिन्न सामग्री प्रशारण गरेका थिए ।
राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया