राष्ट्र बैंकले एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने

लोकपथ
707
Shares

काठमाडौं । आगामी बुधबारबाट नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको सिक्का प्रचलनमा ल्याउन लागिएको राष्ट्र बैैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको, चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश सहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि. वन र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ । नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ ।

राष्ट्र बैंकका अनुसार सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको, आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?