काठमाडौं । जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजबाट नकआउट चरणका खेलहरु शुरु हुँदैछ ।
प्रि—क्वाटएरफाइनलको पहिलो खेलमा आज राति फ्रान्सले चिरपरिचित प्रतिद्धन्दी अर्जेन्टिनाको सामना गर्दैछ। समूह ‘सी’ को विजेता फ्रान्सले समूह ‘डी’ को उपविजेता अर्जेन्टिनासँग भिड्दैछ । पूर्व विश्व विजेता फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जेन्टिना मुश्किलले समूह उपविजेता बन्न सफल भएको हो ।
फ्रान्स र अर्जेन्टिनाविचको खेल आजसाँझ पौने ८ बजेपछि सुरु हुनेछ ।
त्यस्तै, आजै राति हुने अर्को खेलमा उरुग्वे र पोर्चुगल आमने—सामने हुँदैछन् । राति पौने १२ बजे समूूह ‘ए’ को विजेता उरुग्वे र समूूह ‘बी’ को उपविजेता पोर्चुगल खेल्दैछन्।
उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि—क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो ।
प्रि—क्वार्टरफाइनलबाट ८ टिम बाहिरिनेछन् भने ८ टिम क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया