उरुग्वे र पोर्चुगल भिड्दै, कस्ले मार्ला बाजी?

रसिया। २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने खेलमा उरुग्वेले पोर्चुगलको सामना गर्दैछ । 

यि दुई टिमविचको नकआउट खेल सोचिस्थि फिस्ट स्टेडियममा आज राति नेपाली समय अनुसार पौने १२ बजेपछि सुरु हुँदैछ ।  समूूह  ‘ए’ को विजेता उरुग्वे र समूूह  ‘बी’ को उपविजेता पोर्चुगलविच क्वाटरफाइनल प्रवेशको लागि निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि—क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो ।

यता पोर्चुगलका डिफेण्डर ब्रुनो एल्वेसका आज राति हुने विश्वकपको प्रि—क्वाटरफाइनलको प्रतिस्पर्धामा उरुग्वेसँग हुन लागेको म्याच केवल क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजको बिचको भिडन्त मात्र नभएर दुबै टिमबिचको कडा प्रतिस्पर्धा हुने बताएका छन्। युरोपियन च्याम्पियन पोर्चुगल समूह  ‘बी’ मा पूर्व विश्व च्याम्पियन स्पेनपछि दोस्रो स्थानमा रहेको थियो ।

क्वार्टर फाइनलमा प्रवेशको लागी पोर्चुगलले उरुग्वेमाथि जित हासिल गर्नु पर्ने हुन्छ । यता उरुग्वेले आफ्नो तीन खेल जित्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । उरुग्वेले समूह चरणको पहिलो खेलमा इजिप्टमाथि १—० को जित निकालेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १—० गोल अन्तरले पराजित गरेको थियो ।

समूहको अन्तिम खेलमा आयोजक रसिया राष्ट्र रसियालाई  ३–० ले हराउँदै महत्वपूर्ण ९ अंक बनाएको उरुग्वेले अघिल्लो चरणको यात्रा पक्का गरेको थियो  । उरुग्वेले जारी प्रतियोगितामा अलिहेसम्म ५ गोल गरिसकेको छ भने एक गोल पनि खाएको छैन् ।  रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले अहिलेसम्म तीन खेलमा टिमको लागि पाँच गोलमा ब्यक्तिगत ४ गोल गरेका छन् ।

जबकि बार्सिलोनाका स्टार सुआरेजले साउदी अरेबिया र रसियाविरुद्ध  गोल गरेका थिए । 

पोचुगल र उरुग्वेविचको खेल निकै महत्वपूर्ण भएको भन्र्दै आज रातिको खेलमा दुवै टिमले जितका लागि निकै मिहिनेत गर्ने देखिएको एलवेसले बताए । साथै उनले आज रातिको खेल खेल्न निकै आतुर रहेको पनि बताए । 

ईरानको विरुद्ध पोर्चुगललाई जित दर्ता गर्न धेरै गाह्रो भएको थियो । रोनाल्डोले एउटा पेनाल्टि पनि मिस गरेका थिए । एल्वेसले टिमको प्रदर्शनमा अझ सुधार गनुपर्ने जरुरी भएको बताएका छन् । ३६ बर्षिय अल्वेस आफनो तेस्रो विश्वकप खेलीरहेका छन् ।

यद्यपी, यी सेन्टर खेलाडीले यो विश्वकपमा मैदानमा उत्रने मौका भने पाएका छैनन् । 

रोनाल्डो मैदानमा उत्रेको खेलमा सन् २०१४ विश्वकप देखी पोर्चुगलको टिमले अहिलेसम्म एउटा पनि खेल हारेको छैन । पछिल्लो बर्ष कन्फेडरेशन कपमा चिलीलाई पेनाल्टि शुटआउटमा पराजित गरेको थियो ।

पोर्चुगिस स्टार रोनाल्डोले  डिफेन्डिङ च्याम्पियन जर्मनीको हारबाट पाठ सिक्दै सबै टिमसँग सर्तक रहेर खेल खेल्न आग्रह गरे । पोर्चुगल र उरुग्वे अहिलेसम्म दुई पटक मात्र आमने—सामने भएका छन् ।

सन् १९६६ को मैत्रिपूर्ण खेलमा पोर्चुगलले उरुग्वेलाई ३—० गोल अन्तरले हराएको थियो । त्यस्तै, सन् १९७२ मा भएको भेटमा भने दुवै टिमले १—१ गोलको बराबरी गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?