भूकम्पमा भागेका कैदीबन्दी फेरि सिन्धुपाल्चोकको जेलमा फर्किए

चाैतारा : वि.सं. २०७२ बैशाखमा अाएको भूकम्पका बेला जेलबाट भागेका कैदीबन्दी फेरि जेलमा फर्कन थालेका छन् ।

जिल्ला अदालत सिन्धुपाल्चोकले कैद भुक्तान गर्न जेल फर्किने कैदीबन्दीलार्इ ५०% सजाय मिनाहा गर्ने निर्णय लिएसँगै भूकम्पमा भागेका कैदीबन्दी धमाधम प्रहरी कार्यालयको सम्पर्कमा अाउन थालेका छन् ।

गोरखा भूकम्पका बेला सिन्धुपाल्चोक कारागारबाट २१६ कैदी भागेका थिए । भागेकामध्ये हालसम्म १२० जना सम्पर्कमा अाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भागेर हालसम्म जेल नफर्कनेमा ९ जना चिनियाँ नागरिक छन् भने दुर्इ जना भारतीय र एकजना पाकिस्तानी नागरिक रहेको कारागार शाखाले जनाएको छ ।

भूकम्पले कारागार भत्केपछि गत ३ बर्षदेखि जिल्ला कारागारका कैदीबन्दीहरूलार्इ अन्य जिल्लाका कारागारमा राखिँदै अाएको थियो । पछिल्लोपटक महिला बन्दीगृह मर्मत गरिएपछि त्यहाँ ७५ जना कैदीबन्दीलार्इ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?