बाँकेमा करेन्ट लागेर दुर्इजनाको मृत्यु

नेपालगञ्ज : हार्इ भोल्टेज करेन्टले झड्का दिँदा बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुर्इ जनाको मृत्यु भएको छ, तीन जना घार्इते भएका छन् ।

राप्तीसोनारी -६ का ४२ बर्षीय टिकाराम थारू र सोही स्थानका २४ बर्षीय सुरेश थारूको करेन्ट लागेर मृत्यु भएको छ । घार्इतेहरू कमला बुढाथोकी दिनेश बुढाथोकी र तिला शाहीको भेरी अञ्चल अस्पतालमा उपचार भर्इरहेको छ ।

घरमा सुतिरहेका बेला अाज (शनिबार) बिहान ३ बजेतिर हार्इ भोल्टेल विधुत प्रवाह हुँदा स्थानीयको मृत्यु भएको हो । केही पशुचाैपाया पनि मरेको स्थानीयले जानकारी दिएका छन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?