पाल्पाका १५६ विद्यार्थीको एसईई नतिजा अाएन

तानसेन : पाल्पाका १ सय ५६ जना विधार्थीको एसर्इर्इ परीक्षाको नतिजा रोकिएको छ ।

जिल्ला शिक्षा कार्यालय पाल्पाले विधार्थीले रजिस्ट्रेशन फर्म भर्दा नामथर, उमेर र अल्फाबेट बिगारेकाले परीक्षा नतिजा रोकिएको दाबी गरेको छ । तर, विधालयका प्रधानाध्यापक र अभिभावकहरूले भने जिल्ला शिक्षा कार्याले र परीक्षा नियन्त्रण कार्यालयले नै गल्ती गरेको र परीक्षाको नतिजा रोकिएको बताएका छन् ।

एउटै विद्यालयका ९ जनासम्मका विद्यार्थीको एसर्इर्इ परीक्षा नतिजा रोकिएको छ । अाफ्ना सन्तानको नतिजा नै नअाएपछि अभिभावक र शिक्षकहरू जिल्ला शिक्षा कार्यालय धार्इरहेका छन् ।

नतिजाबारे बुझ्न परीक्षार्थीहरूले परीक्षा केन्द्रका केन्द्राध्यक्षले हाजिरी पुगेको प्रमाणित गरेको प्रमाणपत्रसहितको सिफारिस, परीक्षाको प्रवेशपत्र र शिक्षा कार्यालयको सिफारिस लिएर परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?