कर्णाली प्रदेश सरकारले ग-यो भत्ता कटाैतीको निर्णय

विरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले यहाँ अायोजना हुने कार्यक्रममा सहभागीलार्इ भत्ता नदिने निर्णय गरेको छ ।

अाज (शनिबार) बिहान बसेको प्रदेश सरकार मन्त्रीपरीषद्को बैठकले सरकारी कार्यक्रमका कुनै पनि प्रकारको भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको हो । साथै, गैह्रसरकारी संस्था (एनजीअो/अार्इएनजीअो) ले अायोजना गर्ने कार्यक्रममा सहभागी भएपनि सरकारी अधिकारीहरूले भत्ता नलिने निर्णय बैठकले गरेको छ ।

प्रदेशका सबै मन्त्रालयले महिना समाप्त भएको तीन दिनभित्र अाफूले गरेको खर्चको विवरण तीन दिनभित्र वेभसार्इटमा सार्वजनिक गर्नुपर्ने, मूख्यमन्त्रीसँग स्वीकृती लिएर अाैचित्यताका अाधारमा मात्रै मन्त्रीहरूले भ्रमण गर्नुपर्ने कडा निर्णय लिएको छ ।

सरकारी तहका कुनै पनि कार्यक्रम गर्दा सकेसम्म सरकारी सभाहलकै प्रयोग गर्नुपर्ने, सार्वजनिक खर्चलार्इ पारदर्शी एवं मितव्ययी बनाउन खर्च मापदण्ड कडार्इका साथ लागु गर्नुपर्ने मन्त्रीपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

बैठकले जुम्लाका अन्तरराष्ट्रिय धावक हरि रोकायाको उपचारका लागि एक लाख रूपैयाँ सहयोग उपलब्ध गराउने र उच्चस्तरीय कर्णाली प्रदेश बाढी पहिरो समस्या समाधान समिती गठन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?