रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजसाँझ फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ ।
यि दुई टिमविचको पहिलो प्रि-क्वाटरफाइनल खेल काजान स्टेडियममा नेपाली समयअनुसार आजराति पानै ८ बजेपछि सुरु हुँदैछ ।
समूह ‘सी’ को विजेता फ्रान्सले समूह ‘डी’ को उपविजेता अर्जेन्टिनासँग १२ औ पटक भिड्दैछ ।
पूर्व विश्व विजेता फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जेन्टिना मुश्किलले समूह उपविजेता बन्न सफल भएको हो ।
समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो प्रि-क्वाटरफाइनल खेल हुँदैछ ।
फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएर विश्वकपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो ।
समूहको अन्तिममा जित्नै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो ।
विश्वकप इतिहासकै एक सुस्त र पटयारलाग्दो खेल खेलेयता फ्रान्सले शनिबार राति अन्तिम १६ को खेलमा पूर्वविजेता तथा लयमा फर्कने प्रयासमा रहेको अर्जेन्टिनाको सामना गर्दैछ । यसमा फ्रान्सको उद्देश्य मेस्सीलाई रोक्ने हो भने टिममा व्यापक सुधार गर्नुपर्नेछ ।
यसको ठीकविपरीत अर्जेन्टिनाले नाइजेरियालाई हराउँदै दोस्रो चरणमा पुग्दा मेसीले सुन्दर गोल त गरे नै, त्यसमा उसका समर्थक पनि उत्तिकै खुसी र रोमाञ्चित भए । त्यसो त प्रशिक्षक साम्पोओलीको टिमले अहिलेसम्म निकै उत्कृष्ट खेल पस्कन सकेको छैन ।
यो तयारी टिमका स्ट्राइकर एन्टोइन ग्रिजमनको खेलमा निर्भर हुनेछ । सन् २००६ मा फ्रान्सले नकआउट चरणमा निकै कडा प्रतिस्पर्धा सामना गर्नुपरेको थियो । त्यतिबेला अर्जेन्टिनाले स्पेन, ब्राजिल र पोर्चुगललाई हराएको थियो ।
सन् १९७८ मा अर्जेन्टिनाको पनि हालत यस्तै थियो । इटालीविरुद्ध लिग चरणको खेल गुमाए पनि त्यो वर्ष अर्जेन्टिना उपाधि चम्न सफल रह्यो ।
विश्वकप इतिहासमा फ्रान्स र अर्जेन्टिना ११ औं पटक आमने—सामने भएका छन् ।
जसमा २ खेल अर्जेन्टिनाले जितेको छ भने ३ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया