एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर आप्रवासी नीतिको विरोधमा अमेरिकाभर हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् ।
परिवारसँग बिछोड भएका आप्रवासी परिवारहरूको मिलन गराउन ६३० घन्टा भन्दा बढीको कार्यक्रम आयोजना गर्ने योजना बनाइएको छ ।
आप्रवासीहरूका लागि ट्रम्पले आफ्नो विवादित नीति समाप्त पार्ने आदेश दिए पनि २००० बालबालिकाहरू आफ्ना आमाबाबुसँग छुट्टिएर बस्नु परिरहेको छ ।
विवादित आप्रवासी नीतिको विरोधमा देश भित्र र बाहिरबाबट ट्रम्पमाथि दबाब परेपछि आप्रवासी नीतिमा लचिलोपन प्रस्तुत गर्न ट्रम्प बाध्य भएका थिए ।
मेक्सिको सीमाबाट अमेरिकामा प्रवेश गरेका अवैध आप्रवासीहरूका लागि शून्य सहनशीलताको कठोर नीति अख्तियार गरेका कारण आप्रवासीहरू आफ्ना सन्तानहरूबाट छुट्टिन परेको हो ।
विवाद चकिएपििछ ट्रम्पले यो नीतिलाई आफ्नो कार्यकारी आदेश प्रयोग गरी रोकेका थिए ।
आप्रवासी हिरासत केन्द्रमा परिवारहरूलाई उनका सन्तानहरूसँगै राख्ने आदेशका बावजूद उनीहरूले आफ्ना सन्तानसँग अझ छुटिट्एर बस्न परेको दुखेसो गरेका छन् ।
ट्रम्पको रोक आदेशको कुनै प्रभाव नपरेको देखिएको हो ।
अमेरिकामा ट्रम्पको यो नीतिका कारण ठूलो मतभेद रहेको छ ।
यसले सबैभन्दा ठूलो प्रदर्शन अमेरिकामा हुन सक्ने पर्यवेक्षकहरूको बुझाइ रहेको छ । फ्यामिली बिलोंग टुगेदरको नारालाई अमेरिकाका ठूला शहरमा प्रचारित गरिदैछ ।
यसबाट आफूहरूले ट्रम्पलाई सन्देश दिन चाहेको प्रदर्शनकारीहरूले जनाएका छन् ।
प्रदर्शनकारीहरूले सेता लुगामा शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरिएको छ । वासिंटन डीसीमा आयोजना हुने -यालीमा सामेल हुन आन्दोलनकारीहरूले सबैलाई आग्रह गरेका छन् ।
५० राज्यमा छ्ट्टै कार्यक्रमको आयोजना गरिनेछ । यसअघि १०० महिला प्रदर्शनकारीहरूलाई गत बिहीबार पक्राउ गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया