पढ्नकै लागि ७२ देश पुगे नेपाली विद्यार्थी

काठमाडौं : नेपाली विद्यार्थीहरू उच्च शिक्षा पढ्नकै लागि विश्वका ७२ देश पुगेको पार्इएको छ । 

चालु अार्थिक बर्ष २०७४/७५ मा अघिल्लो बर्षको भन्दा झन्डै दोब्बर अर्थात ६२ हजार २ सय विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्नका लागि नो अब्जेक्सन लेटर लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको छात्रवृत्ती शाखाका अनुसार २०७४ साउनदेखि हालसम्म पढ्नका लागि भन्दै ७२ देशमा नेपाली विद्यार्थी पुगेका छन् । 

दुई वर्ष अघि ३२ हजार ४ सय ८९ विद्यार्थीले बैदेशिक अध्ययनका लागि स्वीकृति लिएका थिए । तर, गत बर्ष ५० हजार ६ सय र यो बर्ष ६२ हजार विद्यार्थीले स्वीकृती लिएका छन् । 

नेपालबाट हाल दैनिक करीब २ सय नेपाली विद्यार्थीले अध्ययनका लागि भन्दै स्वीकृतिपत्र लिर्इरहेका छन् । अस्ट्रेलिया, जापान र अमेरिका नेपाली विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?