अमेरिकी डलरको तुलनामा भारू कमजोर हुँदा सत्तारूढ दलको बोली बन्द

एजेन्सी : अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा भारू कमजोर भइ १ डलर बराबर ६९ भएको भारूले सत्तारूढ दलका नेताहरूको बोली बन्द गराइ दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारमा पर्राष्ट्रमन्त्रीको जिम्मेवारीमा रहेकी सुषमास्वराजले अगस्ट २०१३मा भारू  १ अमेरिकी डलरको तुलनामा ६८ रूपैयामा झरेपछि तत्कालीन वित्तमन्त्री पी चिदम्बरमसँग यसबारे स्पस्टीकरण माग गरेकी थिइन् ।

तल्लो सदन लोकसभामा स्वराजले भनेकी थिइन– मुद्राको साथ देशको प्रतिष्ठा जोडिएको हुन्छ , जसो जसो मुद्राको भाउ तल झर्छ देशको प्रतिष्ठा त्यसै झर्छ ।”

त्यतिबेला प्रधानमन्त्री मोदी मुख्यमन्त्री थिए । उनले पनि तत्कालीन सरकारको विरोधमा बोलेका थिए “ जतिखेर भारत स्वतन्त्र भयो त्यतिखेर भारू अमेरिकी डलरको बराबर थियो ।

पहिलो पटक अटलजीले सरकार छोढदा १ डलर बराबर ४४ भारू थियो ।तर अहिले अर्थशास्त्री नै सरकारमा छन् र पनि यो ६०मा पुगेको छ ।

यसले देशको इज्जत समाप्त पारिरहेको छ ।”

अहिले मोदी प्रधानमन्त्री र स्वराज विदेशमन्त्री भइरहँदा पनि भारूको कमजोरीबारे बोल्न सकिरहेका छैनन् ।

मोदी सत्तारूढ हुँदा त्यतिखेर भारूको मूल्य एक डलर बराबर ६० रूपैया थियो ।

बिहीबार १ डलर बराबर भारू ६९ पुगेको थियो ।मोदी सरकारकै बेला २०१६मा भारू १ अमेरिकी डलर बराबर ६९.८० पुगेको थियो ।

अमेरिकी डलर भारू लगायत अन्य मुद्रा मलेसियाली रिंगिट, थाइ भाटलगायतका मुद्रा भन्दा बलियो हुन पुगेको देखिएको छ ।

भारत स्वतन्त्र हुँदा देशमाथि कुनै कर्जा थिएन र अमेरिकी डलर भारूको बराबर थियो ।१९५१मा पहिलो पञ्चवर्षीय योजना लागु हुँदा सरकारले विदेशबाट कर्जा लिन शुरू ग-यो ।

त्यसपछि भारूको साख निरन्तर घटदै गयो ।

सन् १९७५मा आउँदा आउँदै भारू १ डलरको तुलनामा ९ र १९८५मा १२ भारू थियो ।

१९९१मा तत्कालीन प्रधानमन्त्री नरसिम्हा रावले देशलाई उदारीकरणको बाटोमा डो-याउँदा भारू तीव्रगतिमा झर्न शुरू ग-यो । 

अमेरिकासँग ६७००० भारू छ र भारतसँग १००० डलर छ भने त्यतिखेर भारूको मूल्य अमेरिकी डलरको तुलनामा ६७ हुन्छ ।  

भारतलाई अमेरिकाबाट कुनै वस्तु आयात गर्नुपर्छ र त्यो वस्तुको ६७०० भारू छ भने भारतलाई १०० डलर भुक्तानी गर्नुपर्ने हुन्छ ।

अब भारतको विदेशी मुद्रा भण्डारमा जोगियो ९०० डलर र अमेरिकासँग ७३,७०० भारू हुन पुग्छ ।

यो स्थिति भारतलाई ठीक गर्न व्यापार सन्तुलनमा ल्याउनुपर्ने हुन्छ ।अथवा आयात र निर्यातबीचको अन्तर घटाउनु पर्छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार डलरमा हुने गर्छ । यसरी डलरको मौज्दातको आधारमा मुद्राको विनिमिय दर कायम हुने गर्छ । 

डलरको तुलनामा भारू कमजोर हुनुमा अन्तर्राष्ट्रिय बजारको राजनीतिक अवस्था रहेको छ ।

अन्तर्राट्रिय बजारमा तेलको मूल्य बढनु  भारू कमजोर हुनुको पहिलो कारण हो ।

भारतको शेयरबजारबाट संस्थागत लगानीकर्ताहरूले ठूलो परिमाणमा रकम झिकेको दोस्रो कारण हो ।

यसो हुनुमा अमेरिकाको ऋणपत्रहरूमा हुने कमाइ बढेकाले लगानीकर्ताले भारतबाट रकम झिकेर अमेरिकी बजारमा लगाएका छन् ।

भारू कमजोर हुँद वस्तुहरूको मूल्यमा बृद्धि हुनेछ । विदेश घुमाइ महँगो हुनेछ । यसबाट भारतीय निर्यातकलाई पाइदा पुग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?