बर्दियाका १२ जना सुन व्यवसायी पक्राउ

गुलरिया : सुनमा मिसावट गरेको अारोपमा बर्दियाका १२ सुन व्यवसायीलार्इ प्रहरीले पक्राउ गरेको छ । 

शनिबार साँझ प्रहरीले उनीहरूलार्इ पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यवसायीबारे प्रहरीले विस्तृतमा जानकारी दिएको छैन । 

बर्दियाका सून व्यवसायीहरूले गरगहना बनाउँदा सुनमा मिसावट गरिरहेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

उजुरी परेपछि प्रहरीले सुनमा मिसावट गर्ने व्यवसायीहरूलार्इ पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि प्रहरीले हिरासतमा राखी बयान लिर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?