सौर्य परिवार बाहिरका ग्रहमा मौसम र सन्तुलित जलवायु

एजेन्सी : सौर्य परिवार बाहिरका दुई ग्रहहरूमा स्थिर हावापानी र नियमित मौसमको अवस्था विद्यमान भएको वैज्ञानिकहरूले पता लगाएका छन् ।

एक खगोलशास्त्रीका अनुसार एक ग्रहको आकार करिब करिब पृथ्वी जस्तो रहेको छ ।

केल्पल १८६एफ र केलपर ६२एफ नामक दुबै ग्रहहरू पृथ्वीजस्तै आआफ्ना अक्षमा केही झुकेको देखिएको जर्जिया टेक र हार्वार्ड युनिभिर्सिटीका अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यी दुई ग्रहहरू मानिसको बसोबासका लागि सापेक्षिकरूपमा धेरै राम्रो स्थान भएको उनीहरूको सोचाइ छ ।

जसरी ग्रह आफ्नो अक्षमा झुक्ने गर्छ त्यसले कति प्रकाश आफूसँग राख्छ र यसले त्यसको सतहमा कत्तिको असर पार्छ भन्ने दर्शाउँछ ।

उदाहारणका लागि मंगलको अक्षीय झुकावको विचलनले उसको तरलता र सुख्खाको बारेमा जानकारी दिनेगर्छ ।

यद्यपित मंगल सूर्य परिवारको बस्न सकिने ग्रहको रूपमा रहेको छ । यसको अक्षीय झुकाव ०डिग्रीदेखि६० डिग्रीसम्मको विचलन गर्छ ।

यसले गर्दा यो ग्रहको मार्सियन वायुमण्डललाई नाश हुन्छ र यसको सतहको पानीलाई वाष्पिकरण गरी उडेर जान्छ ।

यही प्रणालीमा अन्य ग्रहका जटिल गुरूत्वाकर्षणीय उफ्राइले ग्रहको कोणलाई विस्तार हल्लाइ रहन्छ र यस्तैमा यसले आफ्नो ताराको परिक्रम गर्छ ।

ठीक गतिमा यसले ग्रहको अक्षलाई अगाडि पछाडि हल्लाइरहन्छ ।

ग्रहको चन्द्रमा वा स्याटेलाइटले यी हल्लाई  र ग्रहको अक्षको झुकावलाई निर्धारित गर्न सक्छ ।

हरेक १० हजार वर्षमा पृथ्वीको अक्षीय झुकाव २२.१बाट २४.५ डिग्रीमा घुम्छ ।

सौर्य परिवार बाहिरका यी दुई गहहरू मंगल र पृथ्वीभन्दा धेरै भिन्न छ ।

उनीहरूको चन्द्रमासँग  सम्पर्क कमजोर छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यी दुई ग्रहसँग आफ्ना चन्द्रमा छन वा छैनन त्यसको बारेमा भन्न सकिने अवस्था छ्रैन् ।

तर उनीहरूले गरेको अध्ययन अनुसार बिना चन्द्रमा उनीहरू आफ्ना अक्षमा करोर्डौ वर्ष देखि घुम्दै आएका छन् । 

केपलर ६२ तारामण्डल लिराबाट करिब १२०० प्रकाश वर्ष टाढा रहेको छ । यो पृथ्वी भन्दा ४० प्रतिशत ठूलो रहेको छ ।

केपलर १८६एफलाई सन् २०१४मा पता लगाइएको थियो ।

यो पृथ्वीबाट ५०० प्रकाश वर्ष मात्र टाढा छ ।

यो किगनस तारामण्डलको पाँच ग्रहका तारालाई  परिक्रमा गर्छ ।

यो पहिलो ग्रह हो जसको अकार पृथ्वीको आकार जतिको छ ।

यसको व्यासार्ध पृथ्वीको भन्दा १० प्रतिशतले मात्र बढी छ ।

यसले १३० दिनमा ताराको परिक्रमा पूरा गर्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?