राैतहटमा अज्ञात समूहले ट्रक जलायो

लमाहा (राैतहट) : पूर्वपश्चिम राजमार्गमा रोकि राखेको ना ३ ख ३८४२ नम्बरको ट्रकमा अज्ञात समूहरूले अागजनी गरेको छ ।

लमाहा जंगलमा पर्ने बाटोमा रोकेको ट्रकमा अागजनी भएपछि ट्रक पूर्ण रूपमा जलेको छ।

ट्रकको अागो नियन्त्रणमा लिन चन्द्रपुर नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीले कोशिस गरेका थिए। 

हालसम्म ट्रक मालिकको पहिचान भएको छैन । 

राैतहको यो क्षेत्रमा पर्ने सडकमा अज्ञात समूहले बारम्बार ट्रक जलाउँदै अाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?