९ वर्षमा १२ करोड भन्दा बढी खर्च गर्ने अमेरिकी कर्मचारीलाई ५० वर्षको जेल सजाय

एजेन्सी : अमेरिकाको टेक्सासस्थित सरकारी ढुकुटीको दुरूपयोग गर्ने एक सरकारी कर्मचारीलाई ५० वर्षको जेल सजाय दिइएको छ ।

गिलबर्टो एसकेमिलाले अमेरिकाको स्यानबेनिटो बालसुधार गृहमा कार्यरत रहँदा सरकारी ढुकुटीको दुरूपयोग गरेका हुन् ।

उनले १२ लाख अमेरिकी डलरको दुरूपयोग गरेको अदालतबाट ठहर भएको हो ।

२००८देखि २०१७सम्म उनले सरकारी रकमबाट मांसाहारी खाना मगाउने गरेका थिए ।

त्यो खानेकुरालाई बेचेर रकम जमा गर्दै आएका थिए ।

अदालतले १ लाख डलरको जरिवाना तोकेको छ । बालसुधार गृहमा बालबालिकाहरूलाई मांसाहारी भोजन दिने गरिएको छैन्

। तर गिलबर्टोले ९ वर्षमा ३६२ किलो मांसाहारी भोजन मगाएको खुलेको छ ।

यो जानकारी खुला भएपछि उनको घरमा छापा मारिएको थियो ।

त्यहाँबाट ननभेज डिसको प्याकेट बरामद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?