जनकपुर : सांसदहरूले दबाब दिएपछि प्रदेश २ सरकारले विवादित निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा दोब्बर बजेट विनियोजन गरेको छ ।
संघमै यो कोषको उपादेयता पारदर्शीताबारे चरम अालोचना भर्इरहँदा राजनीतिक रूपमा अस्थिर र भ्रष्ट्राचारको सूचकांकमा अघि देखिएका २ नम्बर प्रदेशमा चाहिँ बजेट दोब्बर बनार्इएको हो । प्रदेश सरकारले संसदीय क्षेत्र विकास कार्यक्रमलार्इ ५० लाख र भाैतिक पूर्वाधार निर्माण शीर्षकको बजेट १ करोड रूपैयाँ पु-याएको हो ।
सांसद कोषको रकम दोब्बर बनाएपछि मात्र प्रदेशसभा बैठकले प्रदेशको अागामी बर्ष २०७५/७६ को बजेट पारित गरेको छ । प्रदेश २ ले अाउँदो अार्थिक बर्षका लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रूपैयाँबराबरको बजेट पारित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया