अमेरिका क्यानाडा र मेक्सिकोलाई विश्वकप आयोजना गर्न दिनु गलत –म्याराडोना

एजेन्सी : डिएगो म्यारोडानाले  सन् २०२६को फुटबल विश्वकपको आयोजना अमेरिका , क्यानाडा र मेक्सिकोलाई दिनु गलत भएको बताएका छन् ।

फुटबलप्रतिको जुनुन(प्यासन) उनीहरूमा नभएकाले फिफाल सन् २०२६मा आयोजना गर्ने विश्वकपको निर्णय गलत गरेको उनले जनाए । 

फुटबलमा ३२ वर्ष अघि फुटबलमा  देशका लागि अन्तिम सफलता दिलाउने म्यारोडोनाको यो टिप्पणीको कटु आलोचना गरिएको छ ।

म्यानुएल नेगरिटले म्याराडोनाले यस्तो टिप्पणीका लागि माफी माग्नु पर्ने बताएका छन् ।

उनले भने मेक्सिकोमा पनि म्याराडोनाका फ्यानहरू धेरै भएकाले  उनले दिएको अभिव्यक्ति प्रति माफी माग्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?