राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति पायो ?

लोकपथ
315
Shares

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको २६ लाख कित्ता साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

संस्थाको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य१०० रुपैयाँ कायम भएको २६ लाख कित्ता आईपीओ आज (बिहीबार) नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले संस्थाको सेयर कारोबारका लागि १६७ रुपैयाँ ४३ पैसादेखि ५०२ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

संस्थाले आज ४ फागुनदेखि फागुन ८ गतेसम्म ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । नेप्सेमा सोहि सेयर र संस्थाका संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

अब आगामी आइतबारबाट संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा सेयर कारोबारमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?