थाइल्याण्ड ओपन बसिक्ङमा घले पराजित

काठमाडौं। नेपाली खेलाडी बिष्णुप्रसाद घले  पहिलो थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो दिन पराजित भएका छन ।

बैंककमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको ६९ केजि मुनिको प्रतिस्पर्धामा घले चाइनीज ताइपेका खेलाडी पान ह्युङ मिङ्सँग पहिलो चरणको खेलमा पराजित भएका हुन् ।

थाइल्यान्ड बक्सिङ संघको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडीमध्ये ५६ केजि मुनि बिमल रोका पहिलो चरणको खेलमा बिजयी भएका थिए ।

७५ केजि मुनिका दिपक श्रेष्ठ र ६० केजि मुनिका एक बहादुर घले भने पहिलो चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

 नेपाल बक्सिङ संघको ब्यबस्थापनमा नेपाली बक्सिङ टिम एसियन गेम्सको तयारीका लागि अहिले थाइल्याण्डमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?