बारा । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।
जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।
उत्पादनभएका आँपमध्ये बम्बै ७५, माल्दा ७०, दशहरी ५० कृष्णाभोग ४० र अन्य आँप ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ ।
गत वर्ष २०७३÷७४ मा कुल एक हजार २२५ हेक्टर क्षेत्रफलमा जमिनमा रु ८४ करोड तीन लाख ५० हजारबराबरको एक हजार २०५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया