मुम्बई–भारतको महाराष्ट्रस्थित धुले जिल्लामा बच्चा चोरीकाण्ड हिंसात्मक बनेको छ । बच्चा चोरीको आशंकामा स्थानीयले ५ जनाको कुटीकुटी हत्या गरेका छन् । स्थानीय प्रहरीका अनुसार मारिने युवाहरु आइतबार दिउँसो घटनास्थलमा बसमार्फत पुगेको थिए । यो इलाकामा उनीहरु नयाँ रहेको र यो इलाकाका बारेमा उनीहरुले एक बच्चासँग जानकारी दिइरहेका थिए । त्यसैबेला स्थानीयले उनीहरु बच्चा चोर भएको आशंका गर्दै झमला सुरु गरेका थिए ।
पछिल्लो दिनमा सो इलाकाामा बच्चा चोरको बिगबिगी रहेको अफबाह फैलिरहेको अवस्थामा यस्तो घटना हुन पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले मृतकको सनाखत गर्ने कार्य भइरहनुका साथै घटनामा संलग्न रहेको आशकामा १० स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया