एजेन्सी : रुसमा आयोजित विश्वकप २०१८मा विश्वका भिन्न भिन्न देशका मानिसहरू पुगेर फुटबलको महासमरका लडाइहरूको आनन्द लिँदै छन् ।
फुटबलका भिडन्तहरू अब क्वार्टर फाइनलका लागि हुँदैछ । फ्रान्स, उरूग्वे, रुस र क्रोसियाले आफूलाई क्वार्टरफाइनलमा पु-याइसकेका छन् भने इंग्ल्यान्ड, ब्राजिल,बेल्जियम र स्विडनलाई क्रमशःकोलम्बिया, म्याक्सिको , जापान र स्विटजरल्यान्डसँग भिडन्त गर्ने तयारीमा रहेका छन् ।
फाइनलसम्म पुगेर विश्वकपको ट्रफी उचालोस भन्ने कामनाका साथ इंग्ल्यान्डलाई समर्थन पुगेका एक बेलायती फ्यानले पाँच महिना लगाएर बेलायतबाट रुस हिँडदै पुगे ।
पूर्व सैनिक ४८ वर्षीय डेभिड मिल्सले समग्र पृथ्वी घुम्ने योजना अन्तर्गत यो पैदल यात्रालाई विश्वकप २०१८मा इंग्ल्यान्डलाई समथर्न गर्ने योजनालाई समावेश गरे ।
विश्वकपको सन्दर्भ पारेर उनले यो यात्रा गर्नुको पछाडि इंग्ल्यान्डको टोलीलाई समर्थन गर्नुका अलावा च्यारिटी( दान ) संकलन गर्नुपनि रहेको छ ।
मिल्स भन्छन्“ मलाई यात्रा गर्न धेरै मनपर्छ । नक्शा हेर्दै बेलायतबाट रसिया पुगे ।”
यसअघि उनले ब्राजिलमा आयोजित विश्वकपमा पनि यसरी नै ४ महिना लगाएर पैदल पुगेका थिए ।
सन् २०१८को फेब्रअरीदेखि शुरू गरेको यो पैदल यात्राको योजना मिल्सले दुई वर्ष अघि नै बनाएका थिए ।
उनले इंग्ल्यान्डबाट हिँडदा फ्रान्स पार गर्न अघि डोभर पुगे ।
उनले विश्वकपको तालिका अनुसार भोलोगार्डमा पहिलो गेमका लागि पुग्नु पर्ने गरी योजना बनाएका थिए ।
यो यात्रामा उनले फ्रान्स, जर्मनी, द अल्प्स, अस्ट्रिया, सोल्भेनिया, क्रोसिया, बोस्निया, सर्बिया, युक्रेन, मोल्दोभा र किभको पैदल भ्रमण गर्दै गए ।
खै कति माइल हिँडेर आएँ त्यो थाहा भएन भन्दै उनले भने “ मलाई एक जोडी नयाँ बुट किन्नुपर्ने खाँचो छ ।”
भ्रमणका क्रममा मानिसहरू राम्रो व्यवहारका फेला परेको बताउँदै उनले भने “इभरीवन आइ ह्याभ मेट ह्याज बिन सउ फ्रेन्डली एन्ड नाइस”
रुसमा आफूले त्यहाँका मानिसहरूमा ज्यादै उत्साह रहेको पाएको उनले जनाए ।
उनले भने “ टयुनिसियासँगको पहिलो गेममा इंग्ल्यान्डका ह्यारी केनको ढिला गोलले केही हतोत्साही बनाएको थियो । हामी चाहन्छौं इंग्ल्यान्ड सबै खेल जितोस ।”
“यस्तो भएमा मेरा आँखाहरूमा आँशुहरू हुनेछन् र निसन्देह म यसरी नै खुशी हुनेछु ”उनले भने ।
विश्वकप सकेपछिउनको योजना सर्बिया, मंगोलिया, आलो, चीन , कम्बोडिया र थाइल्यान्ड जाने योजना छ ।
मौका मिल्यो भने अस्ट्रेलियामा काम गरिरहेकी २२ वर्षीया छोरी एलिसालाई जापानमा भेटन जान सक्ने उनले थप यात्रा योजना सुनाए ।
यो यात्रा योजनाबारे उनका परिवार कस्तो सोच्दा रहेछन् भनि सोधिएको प्रश्नको जवाफमा उनले भने “ शुरू शुरूमा उनीहरूले मे केही खुस्केको हुँ कि जस्तो सोच्थे ।
तर मेरा आमा बाले मलाई सधैं अनलाइन जर्नीमा फेसबुकको पोस्ट मार्फत सघाइ रहेका छन् ।”
मानवअधिकारकर्मी मेरी अद्र्धाङ्गिनी एन्ड्राले मलाई मेरो यात्राको क्रममा भेट्ने गरेकी उनले जनाए । उनले भने “ विभिन्न ठाउँमा एन्ड्रा र म भेट्ने छौं । उनी बोस्नया भेटिन र सर्बियामा भेट्ने योजना छ ।”
बेलायत फर्किने योजनाबारे तत्काल उनले मिति तय गरेका छैनन् । उनले सैनिक, जहाजी र वायुसैनिक परिवार संघका लागि च्यारिटी जम्मा गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
उनलाई जस्ट गिभिंग पेइजको माध्यमबाट दान दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया