सातामा सेयर बजार : न घट्न सक्यो, न बढ्न सक्यो, नेप्से २५६६ बिन्दुमा

लोकपथ
35
Shares

काठमाडौं । यो साता नेप्से सूचक तथा कारोबार रकम गत साताकै हाराहारीमा देखिएको छ । तेस्रो कार्यदिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष यो साता बन्द रहेको थियो भने खुलेको चार कार्यदिनमध्ये दुई कार्यदिन नेप्से बढेर दुई कार्यदिन घटेको थियो ।

तर यो साता नेप्सेको घट्ने र बढ्ने क्रम गत साताकै हाराहारीमा देखिँदा कारोबार रकम बढ्न सकेन ।

सोही आधारमा यो साता नेप्से २५ सय ६६ दशमलव ९० अंकमा सीमित हुनपुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९३ दशमलव ५३ अंकमा अंकमा सीमित हुन पुगेको छ ।

जसबाट दुई सय ३० वटा कम्पनीहरुको एक लाख २९ हजार आठ सय ७८ पटकको कारोबारमा दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताकै बराबरी हो ।

गत साता भने दुई सय २८ वटा कम्पनीहरुको एक लाख ५९ हजार तीन पटकको कारोबार भएको थियो । सोअनुरुप दुई करोड २५ लाख २७ हजार छ सय ८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार सात सय ५७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुलेकोमा पहिलो र चौथो कार्यदिन नेप्से घटेर दोस्रो र पाँचौँ कार्यदिन बढेको थियो ।

जसमध्ये पहिलो दिन ३ दशमलव ६६ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ अंकमा झरेको नेप्से दोस्रो दिन भने एक दशमलव ५५ अंकले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९४ अंकमा चढेको थियो ।

तेस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने चौथो दिन नेप्से ३० दशमलव ३६ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलव ५८ अंकमा झरेको थियो । पाँचौँ दिन भने नेप्से ५२ दशमलव ३१ अंकले बढेर दुई हजार पाँच सय ६६ दशमलव ९० अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन एक दशमलव तीन अंकले बढेर चार सय ९० दशमलव १३ अंकमा चढेकोमा दोस्रो दिन दुई दशमलव ४१ अंकले बढेर चार सय ९२ दशमलव ५३ अंकमा चढेको थियो ।

चौथो दिन भने पाँच दशमलव ३५ अंकले घटेर चार सय ८७ दशमलव १९ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन छ दशमलव ३४ अंकले बढेर चार सय ९३ दशमलव ५३ अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी हिमालयन डिष्ट्रिलरी प्रालि, नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदिको बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ ।

यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?