एजेन्सी : मेक्सिकोमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट बामपन्थी एन्ड्रेस म्यानुएल लोपेज अब्राडरले जित्ने मतसर्वेक्षणले जनाएको छ ।
पारामेट्रियाले गरेको एक सर्वेक्षणका आधारमा राष्ट्रपति निर्वाचनको अग्रपंक्तिमा रहेका मेक्सिको सिटीका पूर्व मेयरले राष्ट्रपतिमा जित्ने जनाइएको छ ।
उनले कम्तीमा ५३ प्रतिशत मत पाउने देखिएको छ ।
निर्वाचनका बारेमा गरिएका सबै मत सर्वेक्षणमा उनी अगाडि देखिएका छन् ।
सत्तारूढ पार्टीका उम्मेदवार जोस एन्टोनियो मिडेले लोपेज अब्राडर जितेकोमा स्वीकार गरेका छन् र उनलाई शुभकामना दिएका छन् ।
उनको इन्स्टिचयुएसनल रिभल्सनरी पार्टीले मेक्सिको राजनीतिमा विगतको शताब्दीदेखि वर्चस्वबनाउँदै आएको छ ।
कन्जरभेटिभ पार्टी नेशनल एक्सन पार्टीका उम्मेदवार रिकार्डो अनायाले पनि उनको जित भएको स्वीकार गरेर उनलाई बधाइ दिएका छन् ।
औपचारिक मतगणनाको परिणाम मध्यरात जीएमटी ४ः००मा आउने अपेक्षा गरिएको छ ।
आइतबार सम्पन्न भएको निर्वाचनको क्रममा राजनीतिक उम्मेदवार र पार्टी कार्यकर्ता गरी १३० जना भन्दा बढीको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया