एजेन्सी : केही वर्ष अघिसम्म अमेरिकी सुपरमार्केटमा कम क्यालरी भएको आइसक्रिम फ्रिजमा राखेर बेचिदिन आग्रह गर्ने गरेका जस्टिन ऊल्भर्टनले ६ वर्षभित्र अमेरिकाको लोकप्रिय ब्रान्ड बनाइसकेका छन् ।
उनको आइसक्रिम ब्रान्ड हलो टप अमेरिकामा लोकप्रिय ब्रान्ड हो ।
न्यून बोसो, न्यून चीन भएको हलो टपको बिक्री अमेरिकाका स्टोरहरूमा पाइने आइसक्रिम हो ।
उनले सन् २०१२मा आफ्नो आइसक्रिम व्यवसाय शुरू गरेका थिए ।
सन् २०१६मा एक पत्रकारले जीक्यू पत्रिकामा एक सानो लेख छापियो ।
त्यो लेखको शीर्षक थियो “लगातार १० दिन हलो टप आइसक्रिम उ कसरी खायो” यो लेख भाइरल भयो र हलो टपको बिक्री आकाशियो ।
त्यो वर्ष आइसक्रिम बिक्रीकबाट १३ करोड २४ लाख अमेरिकी डलर बराबरको आम्दानी भयो ।
यो बिक्री ठूला कम्पनी युनिलिभरको बेन एन्ड जेरी, नेस्लेको हागन दाजको भन्दा बढी थियो ।
हलो टप बन्यो २ अर्ब बराबरको कम्पनी ।
“शुरूमा एमदमै असफल भयो ” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया