राष्ट्रकवि दम्पत्तिलाई घरमै गएर भोलि महानगर विशेष भत्ता दिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७५ वर्ष उमेर पूरा गरेका महिला र ८० वर्ष उमेर पूरा गरेका पुरुष जेष्ठ नागरिकलाई महानगर विशेष भत्तावापत् वार्षिक १२ हजार नगद प्रदान गरिरहेको छ । 

यसै सिलसिलामा काठमाडौं महानगरपालिका वडा नं. २६ मा वसोबास गरिहेका राष्ट्रकवि माधव घिमिरे दम्पत्तिलाई भोलि असार १९ गते विहान ७ः३० बजे घरमै गएर भत्ता रकम उपलब्ध गराइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?