आठ विद्यार्थी संगठनको शैक्षिक आमहड्तालप्रति जिप्रका काठमाडौंको ध्यानाकर्षण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आठ विद्यार्थी संगठनका नामबाट शैक्षिक आमहड्ताल समेतका कार्यक्रम राखी प्रचारमा ल्याईएको विज्ञप्ति सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले विज्ञप्ति जारी गर्दै यही असार २०, २१ र २२ गते आठ विद्यार्थी संगठनका नामबाट आमहड्ताल गर्ने कार्यक्रम प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । 

घिमिरेद्वारा हस्ताक्षरीत विज्ञप्तिमा शान्तिपूर्ण वातावरणमा अध्ययन गर्न पाउने विद्यार्थीहरुको नैसर्गीक हक समेतलाई विचार गरी कुनै व्यक्ति, समूह वा संगठनका नाममा हुने यस्ता कार्यलाई पूर्णरुपमा निस्तेज पार्दै विद्यालय र पठनपाठनको क्रियाकलापको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जिल्ला गर्न जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायलाई निर्देशन दिई सकेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा शान्ति सुरक्षा सम्बन्धि कुनै जानकारी वा सहयोग अवश्यक परेमा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न वा जिल्ला प्रशासन कार्यालयको सम्पर्क नं. ०१–४२६२४७८, ९८५१२४८४७८, प्रहरी कन्ट्रोल १०० वा महानगरीय प्रहरी परिसर, काठमाडौं मो.नं. ९८५१२०५५५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?