काठमाडौं । साउथ अभिनेत्री काजल अग्रवाल र गौतम किचलु अहिले निकै चर्चामा रहेका छन् । यतिबेला नायिका आफ्नो गर्भावस्थामा छिन् । आजकल काजल सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र आफ्ना फ्यानहरूसँग तस्बिरमार्फत खुसी बाँड्ने गरेकी छिन् ।
हालै उनले बेबी शावरका धेरै तस्बिर सेयर गरेकी छिन् जसमा उनी परम्परागत पोशाकमा देखिएकी छिन् । अहिले अभिनेत्रीले ग्ल्यामरस स्टाइलमा फोटोसुट गराएकी छिन् । यो तस्बिरमा उनी पहिलेभन्दा धेरै सुन्दर देखिएकी छिन् । काजल अग्रवाल कालो लामो पोशाकमा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरिरहेकी छिन् ।
काजल अग्रवालले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट म्याटर्निटी सुटको तस्बिर सेयर गरेकी छिन् जसमा उनले आफ्नो हातमा बेबी बम्प समातिरहेकी छिन्। यो तस्बिर सेयर गर्दै उनले क्याप्सनमा लेखेका छन्, ‘प्रतीक्षा भनेको आशा हो ।’
लुकको कुरा गर्दा, काजल अग्रवालले आफ्नो कपाल खुला राखेकी छिन् र हल्का मेकअप लगाएकी छिन् । उनको यो तस्बिरमा पुष्पा अभिनेत्री रश्मिका मन्डन्नाले पनि प्रतिक्रिया दिँदै लेखेकी छिन्- ‘सुन्दर’ ।
काजल अग्रवालले सन् २०२० मा किचलु गौतमसँग विवाह गरेकी थिइन् र नयाँ वर्षको अवसरमा उनले आफनो गर्भावस्थाको खुसीको खबर फ्यानहरुलाई औपचारिक रुपमा सुनाइन् । यसपछि अभिनेत्रीको बेबी शावरको समारोह पनि परिवार र नजिकका साथीभाइबीच सम्पन्न गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया