चैत्रमा पनि निक्षेपको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

लोकपथ
77
Shares

काठमाडौं । वाणिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले चैत्र महिनाका लागि ब्याजदर नघटाउने निर्णय गरेकाे छ । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका हुन् ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । पछिल्लो केही महिना यता लगानी योग्य रकम (तरलता)को अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।

यसअघि फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?