बोल्ड ड्रेसमा सामन्थाको ‘किलर लुक्स’, ट्रोल गर्नेहरुलाई दिइन् यस्तो जवाफ

लोकपथ
168
Shares

काठमाडौं । साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु कुनै न कुनै कारणले चर्चामा रहन्छिन् । सामन्था ती कलाकार मध्येकी एक हुन् जसले हरेक मुद्दामा खुलेर आफ्नो विचार व्यक्त गर्छिन् । आफ्नो दमदार अभिनय र सुन्दरताका लागि परिचित सामन्था सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् ।

उनी हरेक दिन आफ्ना फ्यानसँग आफ्ना तस्बिर र भिडियो सेयर गरिरहेकी हुन्छिन् । यसै क्रममा हालै अभिनेत्री मुम्बईमा आयोजित क्रिटिक्स च्वाइस अवार्ड २०२२ मा सहभागी हुन आइन् ।

सामंथा रुथ प्रभु

यस क्रममा अभिनेत्री निकै बोल्ड ड्रेसमा देखिएकी थिइन् । अवार्ड समारोहमा सामन्थाले हरियो गहिरो घाँटी भएको लामो टेल गाउन लगाएकी थिइन् । अभिनेत्रीले अवार्ड समारोहमा आफ्नो बोल्ड स्टाइलले सबैको ध्यान खिचेकी थिइन् । सामन्थाको लुक्सलाई धेरैले मन पराए पनि उनको पहिरनको ट्रोल पनि बनेको थियो ।

पूर्व पति तथा साउथ अभिनेता गाना नागा चैतन्यसँग सम्बन्धविच्छेदको घोषणा गरेदेखि नै सामन्था बारम्बार ट्रोलको शिकार भइरहेकी छिन् । उनी फेरि एकपटक आफ्नो लुकका कारण ट्रोलिङको सिकार हुनु परेको छ । यसैबीच, अभिनेत्रीले यी सबै ट्रोलको बदला लिएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेकी छिन् जसले ट्रोल गर्नेहरुलाई उचित जवाफ दिएको छ ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्टोरी सेयर गर्दै सामन्थाले लेखेकी छिन्, हामीले महिलालाई उनीहरूले लगाउने पहिरन, उनको अनुहार, शिक्षा, समाजमा स्थान, व्यक्तित्व, छालाको रङका आधारमा मूल्याङ्कन गर्छौं। यो सूची निरन्तर बढ्दै छ। महिलाको कपडाको बारेमा टिप्पणी गर्नु हामीले गर्न सक्ने सबैभन्दा सजिलो कुरा हो।

उनले थप लेखेकी छिन्, ‘अब हामी २०२२ मा छौं, के हामी महिलाले के लगाउने र कस्तो देखिन्छन् भन्ने कुरालाई जज गर्न बन्द गरेर आफूलाई सुधार्ने कुरामा ध्यान दिन सिकौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?