ज्याकलिन फर्नान्डेजको फरक अन्दाज, साडी लगाएको फोटोले खिच्यो सबैको ध्यान

लोकपथ
147
Shares

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्लो समय निकै चर्चामा छिन् । सुकेश चन्द्रशेखर मनी लान्ड्रिङ प्रकरणलाई लिएर लगातार चर्चामा रहेकी ज्याकलिन अहिले आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् । नायिका छिट्टै बच्चन पाण्डे फिल्ममा देखिने भएकी छिन् । यस फिल्ममा उनीसँगै अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेनन पनि देखिनेछन् ।

फिल्म रिलिज हुनुअघि नै यसको स्टार कास्ट फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । यसैबीच, अभिनेत्री ज्याकलिन फर्नान्डिज फिल्मको प्रमोशनका क्रममा केही समय आफ्नो लागि निकालेकी थिइन् । अभिनय बाहेक अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

ज्याकलिन फर्नान्डेज

उनले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मसँग सम्बन्धित फोटो, भिडियो र अपडेटहरू सेयर गरिरहेकी छिन् । यसै क्रममा ज्याकलिनले हालै आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा आफ्ना केही तस्बिर सेयर गरेकी छिन् । इन्टरनेटमा यी तस्बिरहरु सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेका छन् । सोही तस्बिरमा नायिकाको लुकले फ्यानहरुको मन जितिरहेको छ ।

उनले सेयर गरेकी तस्बिरमा ज्याकलिन परम्परागत शैलीमा देखिएकी छिन् । तस्बिरमा अभिनेत्रीले साडी लगाएकी देखिएकी छन् । आफ्नो वेस्टर्न लुकले प्रायः फ्यानहरूलाई पागल बनाउने ज्याकलिनले यसपल्ट पारम्परिक लुक्सले फ्यानहरूको मन जितेकी छिन् ।

ज्याकलिन फर्नान्डेज

तस्बिरमा ज्याकलिन साडी लगाएकी लाइट मेकअपको साथ पोनीटेलमा देखिएकी छिन् । रातो र सेतो साडीमा अभिनेत्री निकै ग्ल्यामरस देखिएको छ । ज्याकलिनका यी तस्विरलाई अहिलेसम्म ५ लाखभन्दा बढीले लाइक गरेका छन् ।

बच्चन पाण्डेको कुरा गर्ने हो भने यो फिल्म चैत १८ गतेबाट देशभरका सिनेमा हलमा रिलिज हुँदैछ । यसमा अक्षय कुमार अभिनेता बन्न चाहने ग्याङ्स्टरको भूमिकामा छन् । जहाँ अभिनेत्री कृति सेनन पत्रकारको भूमिकामा देखिनेछिन् । यसका अलावा ज्याकलिन फर्नान्डिज, अर्शद वारसी, पंकज त्रिपाठी, सञ्जय मिश्रा, अभिमन्यु सिंह जस्ता कलाकार पनि फिल्ममा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?